अवैध कारोबारकाे आराेपमा चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता

काठमाडाैं | असोज १६, २०८०

अवैध कारोबारकाे आराेपमा चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता

काठमाण्डौ:  राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ । 

 

विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, त्यही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।

 

प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ७ सी ४२२४ नम्बरको कारलाई रोकी जाँच गर्ने क्रममा कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान ९ ३४ लाख० र पाँच सय दरका दुई हजार थान ९ १० लाख० फेला पारि राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

 

त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरि प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट रकम आएको पाइएको अधिकारीले बताउनुभयो ।

 

विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्यलाई बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजार रुपैयाँसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार रुपैयाँ बरामद गरिएको थियो । 

 

अनुसन्धानका क्रममा अरुण यादवलाई आठ करोड करोड ६५ लाख ६० हजार र पवनकुमार यादवलाई पाँच करोड आठ लाख ८८  हजार रुपैयाँ गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।

 

उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले त्यहीअनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्